कोशी सरकारले थारू संस्कृतिलाई संरक्षण गर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् ।

´थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण गरौं,` उनले भने, ´थारू संस्कृति यो प्रदेशको ठूलो सम्पति हो, यसलाई मास्न दिनुहुँदैन ।` थारू समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र सम्पति भएकोले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।

´थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाटआएका मान्छेलाई मेजवानी राखौं,` उनले भने, ´होमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनु पर्छ जसले थारू संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउँछ ।`

प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उनले बताए ।

महाभारतकालको पौराणिक ईतिहास बोकेको बर्जु पछि परेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलीयाको दुवै किनारमा सडक निर्माण गर्न गइरहेको मुख्यमन्त्री कार्कीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *