नगरप्रमुख र उपप्रमुखलाई आकर्षित गर्‍यो थारू गहनाले

कारी महताे/चितवन

नवाैं खिचरा महाेत्सव परिसरमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरू बिक्रीका लागि राखिएकाे थारू गरगहना स्टलले खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई समेत आकर्षित गरेकाे छ। उनीहरूले महाेत्सवकाे अवलाेकन गर्ने क्रममा थारू गरगहनाहरू निकै चासाेपूर्वक अवलाेकन गरे।

त्यस स्टलमा थारू युवतीहरूकाे व्यापक भिडभाड रहने गरेकाे देखिन्छ र स्टलका सञ्चालक प्रतीक चाैधरी, उनकाे परिवारसहित उनकाे बुबा चेतनारायण थारू समेत दिनहुँ व्यस्त देखिन्छन्।

स्टलमा विभिन्न प्रकार र डिजाइनका गरगहनाहरूमध्ये कपालमा लगाउने चाेंटी, सटिया, टाउकाेमा लगाउने मन्टिका, निधारमा लगाउने टिकुली, नाकमा लगाउने फाेंफी, नथिया, बुलाकी, कानमा लगाउने कन्फुल, झुम्का, घाँटीमा लगाउने हँसुली, गलामा लगाउने चकती, चनरहारी, टाउक, रानीहार, पाखुरामा लगाउने टडिया, बिजायठ, नाडीमा लगाउने माठा, चुरी, औंलामा लगाउने यङुठी, कम्मरमा लगाउने डणकासा, कमरबन्द, झ्वाबा, फुर्का, डेली, खुट्टामा लगाउने गुड्हुला, पैरी त्यस्तै लेहेङ्गा, साडी पनि बिक्रीका लागि राखिएकाे थारू गहना पसलका सञ्चालक प्रतीक चाैधरीले बताए।

नवलपुरकाे चाेरमारामा रहेकाे पसलकाे प्रचारप्रसारका लागि गत वर्षदेखि खिचरा महाेत्सवमा स्टल राख्ने गरेकाे सञ्चालक चाैधरीले बताए। उनले थारू गरगहनाहरू अनलाइनमार्फत पनि बिक्री गर्दै आएकाे बताए। अनलाइनबाट अर्डर गर्नका लागि फाेन नं. वा ह्वाट्सएप्प नं. ९८४७१८७७०३ वा ९८६४५६८७३७ मा सम्पर्क गर्न सकिने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *