कृष्णराज सर्वहारीलाई ५० हजार राशिको पुरस्कार प्रदान

यसवर्षको धुस्वाँ साय्मि सिर्जना पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र गंकी धुस्वाँ वसुन्धरा पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ। गंकी धुस्वाँ-वसुन्धरा प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले उपन्यासकार सर्वहारी र गायक वैद्यलाई पुरस्कार प्रदान गरे।

सो अवसरमा जनकवि श्रेष्ठले सम्मानित हुने बहुआयामिक व्यक्तित्वको धनी भएको उल्लेख गर्नुहुँदै चोटिला सिर्जनामा जोड दिन आग्रह गरे। प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मीले लेखनको माध्यमबाट मूलतः थारु साहित्यको उन्नयनका लागि निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै हरेक दुई वर्षमा प्रदान गरिने ‘गंकी धुस्वाँ वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार सर्वहारीलाई प्रदान गरिएको जानकारी दिए।

त्यस्तै नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप गायक वैद्यलाई ‘धुस्वाँ साय्मी वसुन्धरा पुरस्कार प्रदान गरिएको साय्मिले बताए। दुवै पुरस्कार ५० हजार राशिका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *