नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुरमा सुरु

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु भएको छ। पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ।

पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्वसमेत उदघाटन समारोहमा हुने उनको भनाइ छ। महाधिवेशनमा ५२ जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन्।

महाधिवेशनको उद्घाटन समारोहका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टीकापुर पुगिसकेका छन्। बाबुराम भट्टराईलगायतका नेताहरू पनि सहभागी हुँदैछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *