नवौं खिचरा महोत्सवमा खिचरा डान्स आइडल हुने

नवौं खिचरा महोत्सवमा गत वर्ष झैं यसवर्ष पनि खिचरा डान्स आइडल-२०८० हुने भएको छ। बालबालिकाहरूमा अन्तर्निहित प्रतिभालाई उजागर गरी दर्शकमाझ ल्याउनका लागि खिचरा डान्स आइडलको आयोजना गर्न लागिएको नवौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए।

अहिले डान्स आइडलको अडिसन धमाधम भैरहेको छ। पौष २७ गतेसम्म डान्स आइडलको अडिसन हुने र अडिसनबाट छनौट भएका डान्सरहरूको प्रस्तुति महोत्सवको स्टेजमा हुने खिचरा डान्स आइडलका संयोजक हरिशरण चौधरीले बताए।

अडिसनबाट छानिएका डान्सरहरुको पहिलो राउण्डको प्रस्तुति पौष २९ गते हुनेछ। पहिलो राउण्डबाट छनौट भएकाहरु दोस्रो राउण्डका लागि माघ ३ गते प्रस्तुति देखाउने छन्। दोस्रो राउण्डबाट छनौट भएका प्रतियोगीहरु फाइनल राउण्डमा प्रवेश गर्नेछन्। डान्स आइडलको फाइनल माघ ६ गते हुने जनाइएको छ। त्यसदिन एकजना खिचरा डान्स आइडल(२०८० घोषित हुनेछ।

प्रथम, दोस्रो र तेस्रो हुने सबैलाई नगदसहित सम्मान पत्र प्रदान गरिने डान्स आइडलका संयोजक हरिशरण चौधरीले जानकारी दिए। खैरहनी नगरपालिका वडा नं ५ गौरचनमा यही पौष २८ गतेदेखि माघ १० गतेसम्म खैरहनी नगरपालिका वडा नं ५, गौचरनमा आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति तथा नवौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *