नगरप्रमुखद्वारा खिचरा महोत्सव फिल्ड तयारीको अनुगमन

खैरहनी नगरपालिकाको नगरप्रमुख शशी कुमार खनियाले खिचरा महोत्सवको फिल्ड तयारीको स्थलगत निरिक्षण तथा अनुगमन गरेका छन्। उनले अन्तिम डेकोरेसनमा रहेको महोत्सवको गेटदेखि व्यावसायिक स्टल, स्टेज, बालउद्यान, लगायत सम्पूर्ण परिसरको निरीक्षण गरे।

अनुगमनपछि उनले आयोजक समितिलाई महत्वपूर्ण सल्लाह सुझावसहित शुभकामनासमेत दिए। २०७० सालदेखि खैरहनी नगरपालिकाको वडा-७ सुर्ताना चौरबाट सुरू भई खैरहनी माविको प्राङ्गण हुँदै खैरहनी-५ गौचरनमा निरन्तर आयोजना हुँदै आइरहेको खिचरा महोत्सव हालः खैरहनी नगरकै पहिचान बनेको नगरप्रमुख खनियाले बताए।

उनले भने, ‘खिचरा महोत्सवले यहाँका सम्पूर्ण जातजातिका खानाका परिकारहरू र धर्मसंस्कृतिहरू साथै कृषि एवम् व्यापार, व्यावसाय प्रवर्द्धन गर्दै आएको छ।’ उनले सम्पूर्ण जनसमुदायलाई महोत्सव अवलोकन गरी सफल पार्न अनुरोधसमेत गरे। महोत्सव पुस २८ देखि माघ १० गतेसम्म चल्ने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *