टुँडिखेलमा माघी महोत्सव, प्रधानमन्त्रीले उद्‍घाटन गर्ने

काठमाडौंको टुँडिखेलमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारू कल्याणकारिणी सभासहित काठमाडौंमा रहेका थारू संघसंस्थाद्वारा संयुक्त आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन्। यसअघि पनि महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए।

महोत्सव मूल आयोजक समितिले प्रधानमन्त्री दाहाललाई प्रमुख अतिथिको निमन्त्रणा दिएको आयोजक समिति एवं थारू विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए। महोत्सवको भव्य तयारी भइरहेको उनले बताए। कार्यक्रममा थारू समुदायका नेताहरूलाई समेत निमन्त्रणा गरिएको उनले बताए।

चौधरीका अनुसार महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिनेछ। कार्यक्रममा थारु समुदायको खानाका परिकारको स्टल पनि राखिने आयोजकले जनाएको छ। मूल आयोजक समितिका अनुसार महोत्सवमा घोङी, ढिक्री, माछा, परेवाको मासु, हाँसको मासु, लड्डु, खिचरीलगायतका परिकारहरुको स्वाद लिन सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *