मेधावी थारू विद्यार्थीका लागि अमेरिकीबासी थारू संस्थाको छात्रवृत्ति, माघ १ गतेभित्र आवेदन दिन सकिने

थारु एन्ड फ्रेन्ड्स एशोसिएश (टीएफए)ले मेधावी थारु विद्यार्थीहरूका लागि छात्रवृत्ति आह्वान गरेको छ। प्लस टू वा सोभन्दा माथि तहका विद्यार्थीका लागि छात्रवृत्ति आह्वान गरिएको अमेरिकीबासी थारुहरूको संस्था टीएफएले जनाएको छ।

आर्थिकरूपले पिछडिएका जेहेन्दार विद्यार्थी माघ १ गतेसम्म उक्त छात्रवृत्तिका लागि निवेदन दिन सक्नेछन्। थारू युवालाई उच्च शिक्षामा सहयोग पुर्‍याउन र समुदायमा शिक्षाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले टीएफएले छात्रवृत्ति प्रदान गर्दै आएको छ।

त्‍यसका लागि थारु समुदायकै हुनुपर्ने, विद्यार्थी भइ अध्ययन गरिरहेको हुनुपर्ने, शैक्षिक स्थिति राम्रो भएको हुनुपर्ने र सरकारी वा गैरसरकारी संस्थाबाट कुनै पनि किसिमको आर्थिक सहयोग लिएको नहुनुपर्ने टीएफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सन् २०२३-२०२४ सत्रका लागि आह्वान गरिएको छात्रवृत्ति तल दिइएको लिङ्कमा गई आवेदन दिन सकिनेछ। वा, सिधै टीएफएको आधिकारिक वेवसाइटमा गएर निवेदन दिन सकिने छ। टीएफएले सन् २००८ देखि नियमित छात्रवृत्ति प्रदान गर्दै आएको छ। टीएफएले हालसम्म ९९ जनालाई २२ लाख ७४ हजार ८ सय रुपैयाँ प्रदान गरिसकेको छ।

यहाँबाट आवेदन दिन सकिन्छ।




12 thoughts on “मेधावी थारू विद्यार्थीका लागि अमेरिकीबासी थारू संस्थाको छात्रवृत्ति, माघ १ गतेभित्र आवेदन दिन सकिने

    1. So Good sadhai astai ramro Kam garnu ani garib pachhi pareko bainilai help garnu onsagan Tq so mach🙏🙏🙏👏👏👏💐💐💐💐💐

Leave a Reply

Your email address will not be published. Required fields are marked *