पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो। शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपैयाँ रहेको थियो। नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल-मट्टितेलको १५७ रुपैयाँ पर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *