प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्। जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्।

त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेस प्रदेशका सभासद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ।

अदालत स्रोतका अनुसार प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकाले सोही १३(३) बमोजिम जन्मकैद सजाय भएको छ।

तत्कालीन मधेस दलका नेता एवं हालः प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जना उपर जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *