प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्ता भएको छ। दाहाल र मोदीबीच यूएईको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी २८औं सम्मेलन (कोप) को दौरान साइडलाइनमा भेटवार्ता भएको हो।

दाहालले गत जेठमा भारतको औपचारिक भ्रमण गरेपछि मोदीसँग पहिलो भेटवार्ता भएको हो। दाहालको सचिवालयका अनुसार साइलाइन भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले कात्तिक १७ मा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको थियो। त्यस अवसरमा दुई नेताका बीचमा दुईपक्षीय हितको बारेमा कुराकानी भएको उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *