बर्दियामा दुर्घटना हुँदा बेहुला खुशीराम चौधरीसहित ८ जना घाइते

बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्।

दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२ वर्षीया सीता चौधरी घाइते भएका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुर नजिकै दुलही लिएर पश्चिमतर्फ गइरहेको बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो।

स्कार्पियो दुर्घटना हुँदा त्यसमा सवार ८ जना घाइते भएका छन्। बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार चालक फरार छन्।

घाइतेहरूको अवस्था मध्यम छ। ७ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सिन्धुलीबाट दुलही लिएर कञ्चनपुर गइरहेको गाडी बर्दियामा दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *