भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको तीन करोड ३२ लाख तीन हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन गरे।

भारत सरकारको अनुदान विद्यालय तथा प्रयोगशाला भवन निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *