हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तार

हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीले संगठन विस्तार गरेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा जिल्ला कार्य समिति गठन गरिएको हो।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्धबहादुर कार्कीको संयोजकत्वमा २५ सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरिएको जानकारी दिए।

डोल्पा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

डोल्पामा नागरिक उन्मुक्ति पार्टीको विजारोपण भइसकेकाले अब बलियो पार्टी बन्दै जाने संयोजक कार्कीले बताए। संगठन विस्तारका लागि शनिबार हवाइजहाजमा डोल्पा पुगेका चौधरी सोमबार फर्किने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *