टीकापुर राजबन्दीहरूको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका तीन जना दोषीको कैद सजाय मिनाहा गर्नुको लिखित कारण पेस गर्न सरकार र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ।

रदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहिबार उक्त आदेश जारी गरेको हो।

सरकारले संविधान दिवसको अवसर पारेर गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको बाँकी कैद मिनाहा गरिदिएका थिए। कैद मिनाहापछि गत असोज ३ गते उनीहरु जेलमुक्त भएका थिए।

२०७२ भदौमा कैलालीको टीकापुरमा आठ सुरक्षाकर्मी र एक दूधेबालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर छुटेका थिए। रेशमको कैद माफी मिनाहाविरुद्ध शारदा कडायतले सर्वोच्चमा दायर गरेको अर्को रिट भने विचाराधीन छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *