थारू सहिदको शालिकमा छेडछाड, तत्काल पक्राउ गर्न माग

बर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गीय वेदप्रसाद योगीको शालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग गरिएको छ। नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कतविरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

सोमबार राति अज्ञात व्यक्तिले शालिकमा टांगिएको झण्डा जलाई मुखमा कालो पोतिदिएका छन्। नेकपा माओवादी केन्द्र मधुवन नगरसमितिका इन्चार्ज सुरेस पन्थ, अध्यक्ष हरिहर चौधरी र सचिव युक्तसिंह केसीले संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गर्दै यस्ता गतिविधिबाट पार्टी सचेत भई गम्भीरतापूर्वक लिइएकाले सजगताका साथ निगरानी गर्दै सम्यमतापूर्वक तरिकाले अघि बढ्ने बताएका छन्।

कायरतापूर्ण हरकतले कुना कन्दरमा बैरी अवशेषको अनुभूति दिलाएको बताउँदै निन्दनीय गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग माग गरिएको छ। २०१३ सालमा जन्मिएका जनयुद्धका सहिद योगी द्वन्दका क्रममा ज्यान गुमाएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ०७३ जेठ ३० गते शालिकको शिलान्यास गरेका थिए।




One thought on “थारू सहिदको शालिकमा छेडछाड, तत्काल पक्राउ गर्न माग

  1. माओवादी केन्द्रीय समितिले चाहीँ केही बोलेन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *