घरेलु मैदानमा यमनसँग हार्‍यो नेपाल

विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० को हार ब्यहोरेको हो। पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो।

खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए। एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याम्दै ओमारको उत्कृष्ट प्रहारले जाली चुमेको थियो।

खेल सकिन एक मिनेट अघि काउन्टर अट्याकमा अब्दुल्लाह अल धानीले गोल गर्दै यमनको जित सुनिश्चित गरेका थिए। दोस्रो लेगको खेल नेपालले यमनको घरेलु मैदानमा खेल्नेछ। नेपालले दोस्रो चरणको छनोटमा युएईसँग पहिलो खेल ४-० ले गुमाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *