भूकम्प पीडितलाई भारत सरकारले गर्‍यो चौथो चरणको राहत हस्तान्तरण

भारत सरकारले भूकम्प पीडितका लागि चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। भारतले अत्यावश्यक चिकित्सा सामग्रीसहित राहत नेपाल सरकारलाई हस्तान्तरण गरेको भारतीय दूतवासले जानकारी दिएको छ।

नेपाल चिकित्सक संघको मागअनुसार भारतले अत्यावश्यक औषधि र उपकरण हस्तान्तरण गरेको हो। कात्ति १७ गते गएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि भारतले हालसम्म ३४ टनभन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई सहयोग गर्ने प्रतिवद्धतालाई भारतले पूरा गरेको दूतावासले जनाएको छ। नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा थप राहत सामग्री सहयोग गर्ने दूतावासको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *