भूकम्प पीडितका लागि भारतद्वारा तेस्रो चरणको सहयोग हस्तान्तरण

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुम पश्चिम भूकम्प पीडितका लागि भारत सरकारले १२ टनभन्दा बढी राहत सामग्री सहयोग गरेको हो। नेपालस्थित भारतीय दूतावासका अनुसार उक्त राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल र अत्यावश्यक चिकित्सा सामग्री छन्।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रतिवद्धतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी-१३० नामक विशेष विमानमार्फत् उक्त सामग्री नेपाल पठाएको दूतावासले जनाएको छ। उक्त राहत सामग्री बिहीबार नेपालगन्जस्थित विमानस्थलमा भारतीय दूतावासका अधिकारीहरूले नेपाललाई हस्तान्तरण गरेका थिए।

भारतले यसअघि नै दुई चरण गरेर राहत सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ। भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत् भारतले ३३ टन आपतकालीन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको थियो। जसमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरणमा शल्यचिकित्सासम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *