माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले जनप्रदर्शन स्थगित गरिएको मा‌ओवादी केन्द्रले जनाएको छ।

यसअघि कार्त्तिक १९ गते मा‌ओवादी केन्द्रको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको थियो।

सरकारको नेतृत्वकर्ता दल माओवादीले जनप्रदर्शन गर्ने घोषणा गरेपछि तीव्र आलोचना भइरहेका बेला माओवादी केन्द्रले भूकम्पलगायतका कारण देखाएर तत्कालका लागि कार्यक्रम स्थगित गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सत्ताको नेतृत्व गरिरहेकै दलले आन्दोलन गर्न नमिल्ने बताएको थियो। उसले सरकारकै नेतृत्व गरिरहेको दलले आन्दोलन गर्छु भन्नु हास्यास्पद भएको बताएको थियो।

सरकार र सडक दुवैमा माओवादी केन्द्रले आफ्नो कब्जा जमाउन खोजेको भन्दै आलोचना भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *