रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी भएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार उनीद्वारा लिखित धरातल किताब विमोचन गर्दै प्रधानमन्त्री दाहालले रेशमको प्रशंसा गरेका हुन्।

‘उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ। उहाँ अहिले बाहिर हुनुहुन्छ। सक्रिय हुनुहुन्छ,’ उनले भने।
रेशमको किताब विमोचन गर्न पाउँदा खुसी लागेको प्रधानमन्त्री दाहाले बताए। उनले आउने दिनमा अरु राम्रा रचना आउने विश्वास व्यक्तसमेत गरे।
त्‍यस्तै लेखक चौधरीले किताबमा आफ्नो भोगाई लेखेको बताए। उनले आफू जेल रहँदा र प्रवासमा रहँदा भोगेको कुरा किताबमा उतारेको बताए।

‘यो मैले जेलमा हुँदा लेखेको किताब हो। म प्रवासमा रहँदा, जेलमा रहँदा के कस्तो कुरा देखेँ। आफू प्रवासमा रहेर कसरी चुनाव जितेँ। मलाई चुनाव जिताउन कुन-कुन पात्रले सहयोग गर्नुभयो। जेलका पीडा कस्ता थिए। वास्तविक हाम्रो धरातल के थियो। धरातल के छ? किताबमा यही कुरा लेखिएको छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *