हिन्दू समाजको शान्तिपूर्ण र्‍यालीमा जिहादी आक्रमण दुर्भाग्यपूर्ण : अभियान

नेपालगन्जमा ओमकार परिवारले आयोजना गरेको शान्तिपूर्ण र्‍यालीमा गरिएको जिहादी आक्रमणप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अभियानका संयोजक विनय यादवले मंगलबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यो घटनालाई हामी लाजमर्दो, दुर्भाग्यपूर्ण र घृणित मान्दछौं । यो हाम्रो लोकतान्त्रिक मूल्यमान्यता र सामाजिक एकतामाथिको ठाडो प्रहार हो ।’

यस घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारलाई अभियानले अनुरोध गरेको छ ।

‘यस घटनामा संलग्न सबै दोषीलाई छिटोभन्दा छिटो कारबाही गरि नेपालको एकता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो। सरकारले आफ्नो दायित्व अबिलम्ब पूरा गर्नुपर्दछ,’ संयोजक यादवले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी यस संघर्षमा ओमकार परिवारका सबै सदस्यहरूका साथमा छौं । साथैसामाजिक एकता, सहकारिता र शान्तिको मूल्य कायम राख्न सबै नागरिकलाई एकजुट भएर काम गर्न अपिल गर्दछौं । त्यस्तै, हामी बिरूद्ग उदघोष गरिएको जिहादलाई सामना गर्न सजग रहन सामूहिक चेतनाको दिशामा पाइला अघि बढाउनु पनि सबैमा अनुरोध गर्द्छौं ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *