चिनियाँ राजदूतको अभिब्यक्ति गैरकूटनीतिक : पूर्व प्रमुख चौधरी

राष्ट्रिय अनुशन्धान विभागका पूर्व प्रमुख हरिबाबु चौधरीले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको अभिब्यक्ति कूटनीतिक मर्यादा विपरित भएको बताएका छन्। राष्ट्रिय एकता अभियानले बिहीबार संघीय राजधानी काठमाडौंमा आयोजना गरको ‘चीन सम्बन्धः गैरकूटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न नदिन सबै जिम्मेवार हुनुपर्ने बताए। मित्र राष्ट्रहरूसँगको सम्वन्धलाई सुमधुर बनाई राख्न सबैले जिम्मेवारीपूर्वक अभिब्यक्ति दिनुपर्ने र गैरजिम्मेवार अभिब्यक्ति दिने कूटनीतिज्ञलाई पनि कानुनी दायरामा बाँध्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी अभियानका अध्यक्ष विनय यादवले चिनियाँ राजदूतको गैरकूटनीतिक अभिब्यक्तिको विरोध गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *