संविधान दिवसको अवसरमा टीकापुर घटनाका बाँकी चार जना रिहा हुँदै

टीकापुर घटना मुद्दा खेपिरहेका बाँकी चार पनि रिहा हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका ३ जना पोखरा सुधारगृहमा रहेका एक जना रिहा हुने भएका हुन्। उनीहरू आजै रिहा हुनेछन्।

रिहा हुनेमा टीकापुर नगरपालिका-४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७ मोतीपुरका हरिनारायण चौधरी र जानकी-७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए। त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका-७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुनेछन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए।

यसअघि सोही मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *