थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन

थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष उदयपुरका सुमन कुमारी चौधरी, उपाध्यक्षमा सप्तरीका धर्मेन्द्रकुमार चौधरी, सर्लाहीकी नेहा पञ्जियार, महासचिवमा सप्तरीका सुबोधकुमार चौधरी, सचिवमा सप्तरीकी माया कुमारी चौधरी, प्रदुमन चौधरी र कोषाध्यक्षमा कैलालीका साजन चौधरी सर्वसम्मत चयन भए।

त्यस्तै केन्द्रीय सदस्यमा बर्दियाका सोभित चौधरी, महोत्तरीका रुपेश राय थारु, रौहतटकी कृति चौधरी, मकवानपुरका दिप्सन चौधरी, कैलालीका नवीन चौधरी र सप्तरीका निरञ्जल चौधरी सर्वसम्त चयन भए।
त्यस्तै केन्द्रीय पार्षदमा संस्थापक सभापतिसमेत रहेका संजय चौधरी चयन भएका छन्। थारू विद्यार्थी सभा थारू कल्याणकारिणी सभाको भातृसंस्था हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *