अट्वारी पर्वमा थारू समुदायलाई सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन्।

प्रदेशमा थारु बाहुल्य भएका तीन जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका अधिकृत माधव शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। सूचनामा २०७९ चैत १७ गतेको लुम्विनी प्रदेश सरकारको निर्णयअनुसार विदा दिइएको अधिकृत शर्माद्वारा जारी सूचनामा जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *