नेपाल भारतसँग पराजित, एसिया कपको समूह चरणबाटै बाहिरियो

एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ। भारतका लागि रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए।

यससँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

यसअघि नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। श्रीलंकाको क्यान्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १० बल अगावै अलआउट हुँदै २३० रन बनाएको थियो।

सम्मानजनक योगफल तयार पार्न आशिफ शेखले अर्धसतक प्रहार गरेका थिए। ९७ बल खेलेका उनले ८ चौकासहित ५८ रन बनाए। त्यस्तै सोमपाल कामीले ४८ रन बनाए। ५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाएर आउट भए।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। भीम सार्की ७, रोहित पौडेल ५, कुशल मल्ल २ रन बनाउँदा, सन्दीप लामिछाने ९ र करण केसी २ रनमा अविजित रहे। ललिता राजबंशी भने शून्य रनमै आउट भए।

त्यस्तै भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *