गोविन्द चौधरीको अपहरण गरी हत्या गरेको आरोपमा प्रदेश सांसद पक्राउ

हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ। सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्‍याई पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ।

उक्त विषयमा जाहेरी परेपछि अदालतमा वयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेका थिएन। मृतकका दिदी धनगढी गाविस-३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हालेकी थिइन्। गोविन्द चौधरीको हत्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला आदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।




One thought on “गोविन्द चौधरीको अपहरण गरी हत्या गरेको आरोपमा प्रदेश सांसद पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *