सरकारविरुद्ध आन्दोलनमा उत्रने नागरिक उन्मुक्ति पार्टीका सांसदको चेतावनी

नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद अरुण चौधरीले सरकारले संविधानको मर्म विपरीत कदम चालेको खण्डमा त्यसका विरुद्ध सडकमा जान बाध्य हुने चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले २०७२ को संविधानले थारुहरूको क्लास्टर छुट्टै राखिएको स्मरण गराएका छन्। उनले शिक्षा ऐन संसदमा पठाएर पारित भएको खण्डमा टीकापुरमा उत्रिएको जस्तैगरी माइतीघरमा थारुहरू उत्रिने बताएका छन्।

‘संविधानविपरित अहिले जुनकार्य गरिएको छ, त्यसको विरुद्धमा यस्तो दिन नआओस्, हामी टीकापुरमा उत्रिएका थियौं । यो बेलामा माइतीघरमा उत्रिने दिन नआओस्’, उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *