नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ। जनकपुरमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा भएको हो।

दुई पार्टीबी ३ बुँदे सहमतिसमेत भएको छ। जसमा अगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुने उल्लेख छ।

त्यस्तै दुवै पक्षबीच सम्झौता भएपश्चात महाधिवेशनसम्म भण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने र केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरूको समायोजन दुबै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने उल्लेख छ।

संयुक्त विज्ञप्तिमा नागरिक उन्मुक्तिबाट रेशम चौधरी र नेपाल सद्भावना पार्टीबाट रामकुमार महतोले हस्ताक्षर गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *