मंसिरमा महासमिति बैठक गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको हो।

बैठकमा नीति अधिवेशन गर्ने माग उठे पनि अन्तमा महासमिति बैठक निर्णय निर्णय कांग्रेसले गरेको हो। पार्टीको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो।

त्यस्तै पार्टीको सांगठनिक सुदृढीकरण गर्न साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *