निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्छु : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने नीति लिएको बताएका छन्। शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा उनले यस्तो बताएका हुन्।

बैठकपश्चात उनले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको जानकारी गराए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा कतिपय स्थानीय तहमा प्रभावकारी काम हुन सकेको छैन। स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ।

स्थानीय तहमा नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग लामो समय टिक्न सक्दैनन्। प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा तथा कार्यपालिकाको सचिव तथा स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोबार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा चलअचल सम्पत्तिको सरक्षण बेरुजु फछ्यौटलगायतका काम गर्नुपर्ने कानूनी प्रावधान रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *