पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको हो।

यससँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको छ। आज रातदेखि नै लागू हुनेगरी पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ। त्यस्तै एलपी ग्यासमा भने परल मूल्य नै कायम रहने निगमले जनाएको छ।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३.२७ रुपैयाँ, डिजेलमा ९.९४ रुपैयाँ, हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपी ग्यासमा १३६.६० पैसा सस्तो हुने निगमले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *