कोशीमा थारू संग्रहालय र थारू युवायुवतीका लागि लोक सेवा कक्षा सञ्चालन गर्न बजेट विनियोजन

कोशी प्रदेश सरकारले थारू संग्राहलयका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ स्थित रहेको थारु संग्रहालयको स्तरोन्नती तथा विकासको लागि आवश्यक बजेट विनियोजन गरेको हो।

त्यस्तै थारूलगायतका समुदायलाई लोक सेवा आयोग तयारी कक्षा सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको छ। ‘२००.कोशी प्रदेशमा रहेका सामाजिक, आर्थिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा आर्थिक रुपमा पछि परेका खस आर्य समुदाय लगायतका इच्छुक शिक्षित, बेरोजगार युवा युवतीहरुलाई सार्वजनिक सेवा प्रवेशका लागि क्षमता अभिवृद्धि गर्न निःशुल्क “लोक सेवा आयोग तयारी कक्षा” सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु,’ बजेटमा वक्तव्यमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *