कैलाली र कञ्चनपुरका थारू समुदाय लक्षित कार्यक्रमका लागि तीन करोड बजेट

सुदूरपश्चिम प्रदेशमा थारू लक्षित कार्यक्रमका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु समुदाय लक्षित विशेष कार्यक्रम सञ्चालन गर्न तीन करोड बजेट विनियोजन गरेको हो।

त्यस्तै थारू समुदायमा मात्रै रहेको सिकलसेल एनिमिया, थालासेमियाजस्ता रोगको स्क्रिनिङको दायरा बढाउन र प्रदेशभित्रै उपचारको व्यवस्था मिलाउन बजेट छुट्याइएको छ।

त्यस्तै थारू समुदायको सिप विकास तथा रोजगारी सिर्जना गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *