ढिकरीसहित रैथाने खानालाई ४० लाख र थारूसहितका सर्किटलाई ५० लाख बजेट

लुम्बिनी प्रदेश सरकारले रैथाने खानालाई प्रवर्द्धन गर्न ४० लाख बजेट विनियोजन गरेको छ। ‘मगर, गुरूङ्ग, थारू, मुस्लिम, खस/आर्य, अवध तथा अन्य जातजातिको रैथाने खाना ढिकरी, चुकौनी, बटुक, राबडी, पेडा आदिको गुणस्तरीय उत्पादन र बजारीकरण व्यवस्थाका लागि रू.४० लाख बजेट विनियोजन गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ।

त्यस्तै दाङ, बाँके र बर्दियालाई जोडेर निर्माण गरिने थारू सर्किटलगायतलाई ५० लाख बजेट विनियोजन गरिएको छ।

‘लुम्बिनी क्षेत्र, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्न गोल्डेन ट्रयाङ्गल सर्किट, दाङ, बाँके र बर्दियालाई जोड्न थारू सांस्कृतिक सम्पदा सर्किट, रूकूम पूर्व, पाल्पा र रोल्पालाई जोड्न मगर सांस्कृतिक सम्पदा सर्किट, कपिलवस्तु, नवलपरासी (ब.सु.प.) र रूपन्देहीलाई जोड्न अवधि सांस्कृतिक सम्पदा सर्किट र प्यूठान, अर्घाखाँची र गुल्मीलाई जोड्न खस आर्य सम्पदा सर्किटका पर्यटकीय पूर्वाधारको विकास गर्न रू.५० लाख बजेट विनियोजन गरेको छु। १२ वटै जिल्लामा खस/आर्य, थारू, मगर, मुस्लिम, अवधी लगायतको साँस्कृतिक ग्रामको गुरूयोजना अनुरूप व्यवस्थापनका लागि विशेष प्राथमिकता दिएको छु,’ बजेटमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *