अर्थ मन्त्रालयमा अड्कियो संघीय निजामती सेवा ऐन : अमनलाल मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो-छिटो कानुन र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताए। उनले उक्त ऐनलाई अघि बढाउनका लागि आफुले पटक पटक अनुरोध समेत गरेको भन्दै आफ्ना कारणले ढिलाई नभएको प्रस्टोक्ति दिए।

मन्त्री मोदीले आफूले कर्मचारी सरुवाका विषयमा पटक-पटक परिपत्र जारी गर्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे। अहिले स्थानीय तहका कर्मचारी व्यवस्थापनको समस्या ज्यादै गरेको र पूर्वमन्त्री, बहालवाला सांसद, मेयरलगायतले पनि भनुसन गर्न आउने गरेको उनले बताए।

उनले स्थानीय तहमा चार पटक सरुवा गरेपनि फर्केर आउनुपर्ने अवस्था विद्यमान रहेको बताए। उनले मन्त्रालयले कर्णाली र सूदूरपश्चिम प्रदेशमा खाली रहेका स्थानमा कर्मचारी पठाउने कामलाई प्राथमिकता राखेको र यसलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको धारणा राखे।

त्यस्तै मन्त्री मोदीले अव कर्मचारीको पहिलेको जस्तो ट्रेड युनियन हुन नसक्ने भन्दै उनीहरूको अधिकारसमेत कटौति गर्न लागिएको जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *