बाँकी जीवन थारुको पहिचान दिलाउने संघर्षमा लाग्छु : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताएका छन्। पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास गरेको बताए।

आठ वर्षसम्म जेलभित्र बस्नु पर्दाको चोट र पीडा कहिल्यै नभुल्ने भन्दै उनले जेलपछिको बाँकी जीवन थारुहरूको पहिचान दिलाउने संघर्षमा खर्चिने बताए। राज्यले आफ्ना भावना कहिल्यै नबुझे पनि थारुहरू धर्ती पुत्र भएकाले नेपाली धर्तीका लागि रगत बगाउन पनि पछि नपर्ने उनको भनाइ थियो। टीकापुर घटना अझ पनि सामसुम नभएको भन्दै घटनाका दोषीलाई राज्यले पहिचान गरी कारबाही गर्न उनले सरकारसँग माग गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *