रेशम चौधरी नेपालगन्ज हुँदै आजै टीकापुर पुग्ने, बाँकीको रिहाइ पनि छिट्टै हुने दाबी 

सजाय माफीसहित रिहाइ भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरी गृहजिल्ला प्रस्थान गरेका छन्। डिल्लीबजार कारागारबाट रिहाइ भएका उनी मन्त्री क्वाटर, माइतीघर हुँदै नेपालगन्जका लागि प्रस्थान गरेका हुन्।

उनी नेपालगन्ज विमानस्थलमा ‌ओर्लिएलगत्तै बर्दिया हुँदै टीकापुर पुग्नेछन्। नेपालगन्ज, बर्दिया र कैलालीमा उनका हजारौं समर्थक स्वागतका लागि तयार रहेको नागरिक नेता ठाकुरसिंह थारुले जानकारी दिए।
टीकापुर घटनामा रेशम चौधरी रिहा भए पनि सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका पाँच जना अझै रिहा भएका छैनन्। रेशमले उनीहरूको रिहाइ पनि छिट्टै हुने बताए। ‘टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका अरु पनि छिटै रिहा हुन्छन्। आगामी असोज ३ गते वा त्यसभन्दा अगाडि नै उनीहरूको रिहाइको पहल भइरहेको छ,’ उनले भने।
रेशम चौधरी भोलि कैलाली जिल्‍ला कारागारमा टीकापुर घटनामा जन्मकैद पाएका थारूहरूसँग भेट्ने कार्यक्रम छ। त्यसलगत्तै उनी कञ्चनपुर प्रस्थान गर्नेछन्। पार्टी स्रोतका अनुसार रेशम जिल्ला दौडाहा गर्ने भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *