माओवादीको सचेतकमा रुपा चौधरी चयन

नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन्। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।

चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन्। उनी कैलालीबाट प्रतिनिधित्व गर्छिन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ।

बैठकले संसद्मा सशक्त ढंगबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए।

सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालव ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *