सामान्य प्रशासनमन्त्री अमनलाल मोदी अमेरिका भ्रमणमा जाने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी अमेरिका भ्रमणमा जाने भएका छन्। अमेरिकामा आयोजना हुने आदिवासी मुद्दामा संयुक्त राष्ट्र संघको स्थायी फोरममा सहभागी हुन अमेरिका जान लागेका हुन्।

मन्त्री मोदी अप्रिल १७ देखि २३ सम्म हुने उक्त सम्मेलनमा सहभागी हुनेछन्। २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले मोदीको अमेरिका भ्रमणलाई स्वीकृतिसमेत दिएको छ।

फोरममा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व मन्त्री मोदीले गर्नेछन्। तर टोलीमा को को सहभागी हुनेछन् भन्नेबारे अहिल्यै खुलिसकेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *