नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक, अध्यक्ष रञ्जिताले कार्यपत्र प्रस्तुत गर्ने

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २४ र २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। होटल क्राउन प्लाजामा हुने बैठकमा अध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ। बैठकमा १४ वटा एजेण्डा तय गरिएका छन्।

जसअनुसार राष्ट्रिय महाधिवेशन, प्रतिनिधि छनौट, विभाग बनाउने, राष्ट्रिय भेला र कार्यसम्पादन समिति बनाउनेलगायत रहेका छन्।

बैठकले पदाधिकारी र केन्द्रीय सदस्य मनोनय गर्ने, भातृ संगठन गठन गर्ने र पार्टीको हित विपरित काम गर्नेहरूलाई कारबाही गर्नेसम्मका एजेण्डा तय गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *