थारु आयोगको प्रतिवेदन पेस, प्रतिवेदनमा के छ?

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन्।

नेपालको सविधानको धारा २४९ को उपधारा (३) बमोजिम आयोगले आर्थिक वर्ष २०७८-७८ मा सम्पादन गरेका काम कारबाही समेटेर तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको अध्यक्ष चौधरीले जानकारी दिए।

सो अवसरमा प्रदेश प्रमुख शर्माले थारु आयोगले गरेका कामको सरहाना गर्दै आगामी दिनमा आयोगमार्फत थारु समुदायको उत्थानका लागि गरिने कार्यमा आफनो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। सो प्रतिवेदनमा थारु समुदायको समस्या, उत्थान तथा भोग्नु परेका, देखिएका चुनौतीलगायत सम्पादन गरेका काम कारबाहीका विषय समावेश गरिएका छन्।

यहाँबाट प्रतिवेदनको पूर्ण पाठ हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *