माडी क्याम्पसको स्ववियु सभापति अनेरास्ववियुका चौधरी विजयी

चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन्। आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन्।

चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत ल्याए  चौधरी अनेरास्ववियु माडी क्याम्पस कमिटीका अध्यक्षसमेत हुन्।

यस्तै उपाध्यक्षमा सचिव अनेरास्ववियू प्यानलका विकास ओझा र कोषाध्यक्षमा गठवन्धनबाट सन्धा लामिछाने विजयी भए। चितवनका स्ववियू निर्वाचन हुने १७ क्याम्पस मध्ये २ कलेजमा मात्रै आइतवार मतदान भएको थियो। माडी क्याम्पसमा कुल २४९ मतदाता रहेकोमा २२८ मतदान भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *