जी-२० बैठकमा चीनले भन्यो- रुससँग सबै तहमा सम्पर्क कायम राख्छौं

चिनियाँ विदेशमन्त्री छिन काङले रुससँगको समन्वय कायम राख्ने बताएका छन्। नयाँ दिल्लीमा भएको जी-२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा उनले चीनले रुससँग सबै तहमा सञ्चार र समन्वय कायम राख्ने बताएका हुन्।

काङले आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभलाई चीनले शान्ति वार्तालाई प्रवर्द्धन गर्ने सबै प्रयासलाई समर्थन गर्ने र यस सम्बन्धमा रचनात्मक भूमिका खेल्न इच्छुक रहेको बताएका थिए।

त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरले जी-२० राष्ट्रहरूबीच खुला र स्पष्टरूपमा छलफल हुनुपर्ने बताए। उनले द्विपक्षीय सम्बन्ध र त्यसमा देखिएका चुनौतीहरू विशेषगरी सीमा क्षेत्रमा शान्ति सुरक्षाका विषयमा जोड दिनुपर्ने बताए।

उनले चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्ता पनि द्विपक्षीय सम्बन्धसँग सम्बन्धित रहेको बताए। उनले भारत-चीनबीचको सम्बन्ध असामान्य रहेको बताएका थिए। उनले युक्रेन युद्धको विषयमा सबैको अलग अलग धारणा रहेकाले तत्काल त्यसको समाधान निकाल्न नसकिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *