टीकापुर घटनामा जेल परेका थारूहरूलाई जेलमुक्त गराएरै छाड्छु : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परी जेल सजाय भोगिरहेका थारूहरूलाई जेलमुक्त गराएरै छाड्ने बताएका छन्। उनले रेशम चौधरीसहित थारूहरूलाई रिहाइ गरिछाड्ने बताए।

‘टीकापुर घटनामा अदालतबाट दोषी करार भई जेल सजाय भोगिरहेकालाई जेलमुक्त बनाउन म प्रतिवद्ध छु। म धेरै बोल्दैन। यसको परिणाम तपाईँहरूले केही समयपछि पाउनुहुने छ,’ मन्त्री मोदीले भने।

मन्त्री मोदीले अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनले समेट्न नसकेपछि थारु समुदायले अधिकारका लागि समय-समयमा विद्रोह गरेको बताए। ‘ब्यवस्था परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनले थारु समुदायको अधिकार स्थापित गर्न नसक्दा बेला-बेला थारु समुदाय विद्रोह गर्न बाध्य हुने गरेको छ,’ उनले भने।

उनले थारु समुदायको पहिचान र संस्कृति संरक्षणका लागि तराई समृद्धि कार्यक्रम अन्तरगत राप्तीसोनारी गाउँपालिकामा थारु संग्रहालय स्थापनाका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए। थारु संग्रहालय स्थापनाका लागि उनले गाउँपालिकालाई योजनासहित रकम माग गर्न आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *