सुशील चौधरीलाई थाकस कोरियाद्वारा ६५ हजार सहयोग

थारू कल्याणकारिणी सभा दक्षिण कोरियाले ब्रेन ह्यम्रेज भई उपचाररत अधिकारकर्मी सुशील चौधरीलाई आर्थिक सहयोग गरेको छ। थाकस दक्षिण कोरियाले चौधरीलाई ६४ हजार ९८८ रुपैयाँ सहयोग गरेको छ। थारू राष्ट्रिय साहित्य सम्मेलनमा थाकस दक्षिण कोरियाको तर्फबाट नेपालमा रहेका राजु चौधरीले उक्त रकम शेखर दहितलाई हस्तान्तरण गरेका थिए।

चौधरीको सहयोगका निम्ति दक्षिण कोरियामा सहयोग आह्वान गरिएको थियो। त्यहाँ रहेका २७ जनाले उक्त रकम सहयोग गरेको थाकस दक्षिण कोरियाले जनाएको छ।

ब्रेन ह्याम्रेज भई नेपालगन्ज मेडिकल कलेजमा उपचाररत चौधरीलाई थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। चौधरीको उपचारका लागि परिवारले सहयोगको अपील गरेको छ। आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको अपील गरेको हो।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ८ निवासी उनी जंग्रार साहित्यिक बखेरीका संस्थापक संरक्षक, थारू लेखक संघका संस्थापक सदस्य हुन्। उनले थारू संस्कृतिसम्बन्धी किताब र आलेखहरू लेख्दै आएका छन्। उनले लखेको भुरभुरा रहर र हिट्वा नाटक प्रदर्शनसमेत भएको छ भने भुरभुरा रहर फिल्मसमेत बनेको छ।

थारू सांस्कृतिक अभियन्ताका रूपमा चिनिने चौधरीले समसमायिक थारू राजनीतिका विषयमा विश्लेषणसमेत गर्दै आएका छन्। सहयोगी मनहरूले उनको छोरी मनका चौधरीको बैंक खातामा सहयोग गर्न सकिन्छ।
उनको खाता नम्बर तल उल्लेख गरिएको छ।
AC: 0355752201183001
Bank: NIC Asia Bank
AC Name: Menaka Chaudhary




Leave a Reply

Your email address will not be published. Required fields are marked *