विवाह गर्न वडाको स्वीकृति अनिवार्य, वडाध्यक्ष चौधरीले निकाले यस्तो सूचना

सप्तरीको सुरुंगा नगरपालिका-७ मा वडा कार्यालयको पूर्वस्वीकृति लिएर मात्र विवाह गर्न पाइने भएको छ। विवाहअघि जन्मदर्ता वडा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्न वडाले अनिवार्य गरेको छ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने साथै २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने/गराउने कार्यमा संलग्न हुने जन्ती, पुरोहितसमेतलाई कारबाही हुने वडाध्यक्ष शिवनारायण चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

सूचनामा विवाहको निमन्त्रणा पत्र छपाउँदा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने भनिएको छ। सप्तरीको सुरुंगा नगरपालिका मधेस प्रदेशमै बाल विवाहमुक्त पहिलो पालिका हो।

गत मंसिर १४ मा उक्त नगरलाई बाल विवाहमुक्त नगरपालिका घोषणा गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *