दुबईमा मनाइयो भब्य माघी महोत्सव, थासक युएईको सभापति बने भागरथी

थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।

त्यस्तै कार्यक्रममा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी विशेष अतिथिको रूपमा सहभागी थिए। उनले सभाको महाधिवेशन र आगामी कार्यदिशाबारे प्रशिक्षण दिएका थिए। उनले विदेशमा पनि शाखा विस्तारले थाकसलाई मजबुत बनाएको बताए।

त्यस्तै कार्यक्रममा गायिका समीक्षा चौधरीले बेजोड प्रस्तुति दिएका थिए। उनले आफ्ना हिट गीतहरू प्रवासी थारूहरूमाझ पस्केका थिए। उनले विदेशमा गाउने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए। त्यस्तै दुबईमै रहेका गायक केशवराज महतोले पनि बेजोड प्रस्तुति दिएका थिए। कार्यक्रम उद्घोषणसमेत गरेका उनले समीक्षासँग ड्युट प्रस्तुति दिएका थिए।

त्यस्तै कार्यक्रममा युएईस्‍थित नेपाली संघसंस्थाका पदाधिकारीहरू सहभागी थिए। सभापति खोरबहादुर महतोले सहभागी सबै पदाधिकारीलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। आफ्नो कार्यकाल सन्तोषजनक रहेको भन्दै सभापति महतोले थाकस केन्द्र र थाकस युएईका संरक्षक तथा संस्थापकलाई कृतज्ञता जाहेर गरेका थिए। उनले आफ्नो कार्यकाल सकिए पनि समाजकल्याणको काममा आफू सधैं समर्पित रहने वाचा गरेका थिए।

त्यस्तै कार्यक्रम सं‌योजक लालबहादुर चौधरीका अुनसार कार्यक्रममा सयौं थारूहरू उपस्थित थिए। सहभागी थारूहरू मौलिक पहिरनमा उपस्थित थिए। कार्यक्रममा थारू झाँकी प्रस्तुत गर्नुका साथै मौलिक नृत्यसमेत गरिएको संयोजक चौधरीले बताए।

त्यस्तै थाकस युएईको वार्षिक साधारणसभाले भागरथी कुमार भगतलाई नयाँ सभापतिमा चयन गरेको छ। मोरङ निवासी चौधरीलाई गत ११ डीसेम्बरमा भएको साधारणसभाले अध्यक्षमा चयन गरेको हो। उनी सन् २०२५ सम्म अध्यक्ष रहनेछन्। उनको नेतृत्वमा २३ जना कार्यसमिति बनाइएको छ। संस्था संरक्षकमा दाङका किशोर चौधरी, सल्लाहकारमा बासुदेव चौधरी, खोरबहादुर महतो, लालबहादुर महतो र धर्मराज महतो रहेका छन्।

त्यस्तै उपाध्यक्षमा तुलसी महतो, पबित्रा महतो र रमन चौधरी, महासचिवमा खेम महतो, सचिवमा रामान्द चौधरी, सहसचिवमा कृष्ण चौधरी, कोषअध्यक्षमा भुपेन्द्र थनेत र सहकोषअध्यक्षमा यम नारायण महतो चयन भए। त्यस्तै महिला विभाग प्रमुखमा जानकी महतो, प्रचारप्रसार विभाग प्रमुखमा रोशन महतो चयन भएका छन्।

त्यस्तै केन्द्रीय सदस्यमा लक्ष्मी कुमारी चौधरी, कृष गुंजन चौधरी, अभिमन्यु चौधरी, बुधनी कुमारी महतो, जितेन्द्र कुमार महतो, जितेन्द्र चौधरी, लुक ब. थनेत, जयप्रकाश थारु, मुन कुस्मी थारु, महेश चौधरी र शिव चरण चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *