कपिलवस्तुको बाणगंगामा यस्तो देखियो माघी महोत्सव

थारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि बाणगंगा नगर स्तरीय माघी महोत्सव सुरु भएको छ। कपिलबस्तुको वाणगंगा वडा नं. ९ कपिलधाममा सुरु भएको चौथों बाणगंगा नगर स्तरिया माघी महोत्सवको दोस्रो दिन हजारौं संख्यामा दर्शकहरुको घुईचो लागेको थियो।

पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बन्न सफल थारु समुदायको महान् पर्व माघी लाई ठाउँ–ठाउँमा महोत्सवगरी एउटा उत्सवको रुपमा मनाउन लागेको थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले बताए ।

त्यस्तै आज चौथों बाणगंगा महोत्सवमा थुप्रै थारु संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जसमध्ये झुमरा नाच प्रतियोगिता तर्फ जनचेतना महिला समूह (पश्चिम जिनुवा), झकझकिया समूह (ढोडेकोल), मटेरिया गाउँ समाज (मटेरिया), हथौसा गाउँ समाज (हथौसा), कोटेश्वरनाथ समूह (कोपवा), पिपरा महिला समुह (पिपरा) को झुमरा नाच आज प्रस्तुती रहेको थियो ।

त्यस्तै रेकर्ड डान्स प्रतियोगिता तर्फ जनचेतना युवा क्लब (बैदौली), जागृति बाल वगैया (बरवा), जिनुवा थारु समाज (जिनुवा), हथौसा गाउँ समाज (हथौसा), गजेहडा जुनियर क्लब (गजेहडा), कर्मेश्वर युवा क्ल्ब (कर्मोहना), चप्परगाउँ बालबालिलका समूह (चप्परगाउँ), सुर्य ज्योति गे्रजुयत फोरम को प्रस्तुती रहेको थियो ।

त्यस्तै झर्रा नाच झकझकिया समूह (ढोडेकोल) ले प्रस्तुत गरेको थियो । त्यस्तै थारु समुदाय लोपहुना लागेको सजनी विरहनी गित, बैथौनी गित, गोरु बेरहाई गित, फागुवा गित, विवाह गितको प्रस्तुती रहेको थियो ।
चौंथो माघी महोत्सव केन्द्रीय कोषाध्यक्ष चौधरीद्वारा उद्घाटन
चौथों बाणगंगा माघी महोत्सवको समुद्घाटन थारु कल्याकारिणी सभाका कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले उद्घाटन गरेका थिए । थारु कल्याणकारिणी सभाका नगर अध्यक्ष नाथुराम थारुको अध्यक्षता, उपाध्यक्ष ऋषिराम थारुको स्वागतमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, संविधान सभा सदस्य विश्रम प्रसाद थारु, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य भोजराज थारु, बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, निवर्तमान बाणगंगा नगरपालिकका नगर प्रमुख मंगल प्रसाद थारु, थारु कल्याणकारीका जिल्ला सल्लाहकार गणेश थारु लगायतले माघीको सुभकामना मन्तब्य दिदै थारु समुदायको हक अधिकार सुनिश्चित गर्न एक जुट हुनुपर्नेमा जोड दिए ।

माघी महोत्सवमा भोली माघ ५ गते बुधबार सम्म चल्ने भएको छ । महोत्सवमा एक दर्जन राष्ट्रिय तथा स्थानीय कलकारहरुको विजोड प्रस्तुती र झुमरा नाच, रेकर्ड डन्स प्रतियोगिताको फाईनल नतिजा समेत प्रस्तुत गर्ने माघी महोत्सव संस्कृति कार्यक्रमका संयोजक ऋषिराम थारुले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *